Banking Khabar
Heading2

धितोपत्र बोर्डको अध्यक्षका लागि मागियो आवेदन, के चाहिन्छ योग्यता?

October 28, 2021
सेयर:

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदपूर्तिको प्रक्रिया अघि बढेको छ। नेपाल सरकारले खुला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न सूचना  प्रकाशित गरेको हो।

सूचनामा तोकिएको योग्यता भएका इच्छुक नेपाली नागरिकले कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनु पर्ने जनाइएको छ।

धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र ३० वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।

बोर्ड अध्यक्षमा २०७६ पुसमा ४ वर्षका लागि नियुक्त भएका भीष्मराज ढुंगानाले पदीय मार्याल विपरीत  कार्य गरेको भन्दै बर्खास्तमा परेपछि उक्त पद रिक्त छ।

अर्थमन्त्रालयले केही दिनअघि अध्यक्ष नियुक्तिका लागि छनोट समितिसमेत  बनाइसकेको छ। समितिले दाबेदारमध्ये बाट कम्तीमा ३ जनाको नाम सिफारिस गर्नेछ। सिफारिस भएकामध्येबाट मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ।

बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ।