नेप्से ६.६ अंकले घट्यो

Heading1 BusinessSarokar | २२ पुष २०८२, सोमबार

काठमाडौँ – सोमबार सेयर बजारको परिसूचक नेप्से ६.६ अंकले घटेको छ। सो अंकको गिरावटसँगै परिसूचक २५७० अंकमा कायम भएको छ। यसअघि हिजो आइतबार परिसूचक ५६ अंकले घटेको थियो।

परिसूचक मात्रै होइन, कारोबार रकम पनि खुम्चिएको छ। हिजो ४ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ३ अर्ब ६२ करोडमा खुम्चिएको छ।

बैंकिङ ३, ब्यापार २०, विकास बैंक ८६,  जलविद्युत ६५, फाइनान्स ५२, निर्जीवन बीमा १३ र उत्पादन समूह ३२ अंकले घटे।

होटल तथा पर्यटन १२, अन्य २१, माइक्रोफाइनान्स ७२ र जीवन बीमा समूह ५ अंकले बढे। आशा लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै मैलुङखोला जलविद्युत र सपोर्ट माइक्रोफाइनान्स कम्पनीको ९.९ प्रतिशतले मूल्य बढेको छ। मिथिला लघुवित्तको मूल्य ९.८ प्रतिशतले बढ्यो।

कारोबारका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोड रुपैयाँको सेयर किनबेच भयो। त्यस्तै नेपाल बैंक, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर र रैराङ हाइड्रोपावर पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

यसैबीच नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। सो बैंकले कुल १६ प्रतिशत लाभांश घोषणा गरेको हो। यसमध्ये ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने भएको हो।

यद्यपि यो बैंकको हाल कारोबार रोक्का रहेको छ। हिमालयन बैंकसँग मर्ज प्रक्रियामा रहेकाले बैंकको सेयर कारोबार रोक्का रहेको हो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp