Banking Khabar
Heading1

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, १५ लाख ७१ हजारको हात खाली

October 29, 2021
सेयर:

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ। माग भन्दा चार गुणाभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो।

कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा गोलाप्रथा मार्फत ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

कुल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएकोमा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो। गोलाप्रथामा २२ लाख ९४ हजार ४९६ जना आवेदकलाई सहभागी गरिएको थियो।

कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले कुल शेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि, ४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ता सेयरका लागि आवेदन दिएका थिए।