११ लाख उत्पादनमा ५ करोडको छुटसहित ११.११ को तयारी गर्दै दराज
Heading1
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
दराजले फेस्टिभल ११.११ फेरी सुरु गर्न लागेको छ। ११ लाख उत्पादनहरूमा ५ करोडको छुटसहित दराजले ११. ११ को चौथो संस्करणको तयारी गरिरहेको हो।
११.११ आउँदो २५ गते (११ नोभेम्बर २०२१) मा सुरु हुने घोषणा गरिएको छ।
दराजले आफ्ना डेलिभरी पार्टनर्सहरूसँग मिलेर १४ सय बढी नयाँ कर्मचारी, कस्टूमर केयर एजेन्ट र एक हजार डेलिभरी सवारी भर्ती गरेर परिचालन क्षमता बढाएको बताएको छ।
साथै ७ लजिस्टिक पार्टनर्सहरुसँग साझेदारी गरी आफ्नो शिपिंग क्षमता पनि बढाएको छ।
अभियानका लागि दराजको लजिस्टिक तयारीबारे बोल्दै दराज नेपालका प्रमुख परिचालन अधिकृत विमल अर्यालले वर्षको सबैभन्दा ठूलो बिक्री अभियानको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
दराजले यस वर्षको संस्करण ११.११ लाई गत वर्षको ठूलो सफलताको तुलनामा फेरि अर्को स्तरमा ल्याउने योजना बनाएको उनको भनाइ छ।
