उन्नति सहकार्य लघुवित्तको ३२ प्रतिशत लाभांश
Heading3
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
काठमाडौं– उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा आगामी साधारण सभाले पारित भएपछि वितरण गरिनेछ।
हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा कम्पनीको चुक्ता पुँजी प्रस्तावित बोनस सेयर वितरणपछि २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ।
