सीजीले सार्वजनिक गर्‍यो सीजी स्मार्ट होम स्कीमको पहिलो लक्की ड्र बिजेता

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं-  सीजीले सीजी स्मार्ट होम स्कीमको पहिलो लक्की ड्र  बिजेता सार्वजनिक गरेको छ। नेपाली बजारलाई लक्षित गर्दै सीजीले यस वर्ष ‘सीजी स्मार्ट होम नामक योजना ल्याएको छ।

यो योजना गत भदौ २५ देखि सुरू भएको थियो। उक्त योजनाको पहिलो लक्की ड्र कार्तिक १५ गते सीजी ब्रान्डको ओफिसिअल फेसबुक पेज र युट्युब च्यानलमार्फत् लाइभ घोषणा गरिएको थियो।

यस स्कीमको पहिलो बिजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन् । अधिकारीले सीजीको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन् ।

सीजी ब्रान्डले ल्याएको दशैं-तिहारको अफरमा ५५ हजार रुपैयाँसम्मको नगद क्यास ब्याक, लक्की ड्रमार्फत्  सीजीको डबल डोर रेफ्रिजेरेटर र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छन्।

सीजी स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली बिजेता घोषित गर्न बाँकी छ। यस योजनाको भाग्यशाली बिजेता हुनका लागि सीजीएसएच ><नाम>< ठेगाना><बिल नम्बर><  टाईप गरी ३१००१ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ। यो यजना छठ पूजासम्म लागू हुने कम्पनीको भनाइ छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp