नबिल बैंकले ल्यायाे उच्च व्याजदर दिने ‘नबिल एक्सट्रा फिक्सड डिपोजिट
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकले नबिल एक्सट्रा फिक्सड डिपोजिट संचालनमा ल्याएको छ । यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकलाई लक्षित गरी संचालनमा ल्याईएको बैंकले जनाएको छ ।
यस खातामा व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्तालाई लक्षित गरी मासिक आधारमा ब्याज दिने सुविधा रहेको बैंकले जनाएको छ ।
बैंकको अनुसार यस योजनामा हरेक नेपाली महिनाको अन्तिममा र खाता अवधिको परिपक्वतामा ब्याज भुक्तानी हुनेछ । यस खातामा ग्राहकहरुलाई कुनै पनि न्यूनतम रकमको सिमा नतोकिएको र यस योजना अन्तर्गत तिन महिना वा बढी अवधिका लागि ग्राहकहरुले खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित खबर
बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, सेवा प्रवाह गर्ने समय थपियो
१९ मंसिर २०८२, बिहीबार
साढे १५ प्रतिशत लाभांश प्रस्ताव
१९ मंसिर २०८२, बिहीबार
गरिमा विकास बैंकका ग्राहकलाईयी दुई ठाउँमा आर्कषक छुट
१९ मंसिर २०८२, बिहीबार
