नाडा अध्यक्षमा ध्रुव थापा विजयी

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुब्रवहादुर थापा विजयी भएका छन् ।थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको अध्यक्ष बनेका हुन ।

अन्तिम मतगणनाअनुसार अध्यक्षमा विजयी थापाले कुल १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत मात्रै प्राप्त गरेका थिए । अध्यक्षमा थापा निर्वाचित भएतापनि अन्य पदाधिकारीमा चौधरी पक्षले बहुमत ल्याएका छन् । नाडाको १७ कार्यसमिति सदस्यमध्येमा चौधरी पक्षबाट १२ र थापा पक्षबाट ५ जना विजयी भएको नाडा निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार सदस्यमा करण चौधरीको प्यानलबाट मिलनबाबु मल्ल १४ सय ६५, अनुप कुमार बराल १४ सय ६३, राजनबाबु श्रेष्ठ १४ सय ५७, सुरेन्द्र कुमार उप्रेती १४ सय ३२, सुनिल रिजाल १४ सय २, अभिक ज्योति १३ सय ८३, प्रकाश कपुरी १३ सय ७९, विक्रम सिंघानियाले १३ सय ७१ मत र गोपाल भट्टराईले १३६५ पाई विजयी भएका छन्।

त्यस्तै निलमणि पाठक १३ सय ५४, वरदान बस्नेत १३ सय ५० र पंकज अग्रवालले १३ सय ३४ मत पाई विजयी भएका छन्। यी सबै करण चौधरीको प्यानलबाट प्रतिस्पर्धा गरेका उम्मेदवारहरु हुन्।

ध्रुव थापाको प्यानलबाट निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ५५, कपिल शिवाकोटी १३ सय ४८, प्रदिपमान प्रधान १३ सय ४६ र आकाश गोल्छा १३ सय ३९ मत पाई विजयी भएका छन्।

कुल ३२ सय सदस्य रहेको नाडामा २७ सय ८८ मत खसेको थियो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp