एनआरआईसीसहित तीन कम्पनीको शेयर मूल्य समायोजन

१४ पुष २०७८, बुधबार ०७:१७

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

नेपाल पुनर्बीमा कम्पनी(एनआरआईसी) सहित ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

यसैक्रममा एनआरआईसीले शेयरधनीहरुलाई १६.५० प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ११०४.७२ कायम गरिएको छ । यसअघि रु. १२८७ थियो ।

त्यसैगरी मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १३.३० प्रतिशत लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. ४४३.०७ कायम गरिएको छ । यसअघि रु. ५०२ थियो ।

यता, उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने भएपछि प्रतिशेयर मूल्य रु. १४८८.४६ कायम गरिएको छ । यसअघि रु. १९३५ थियो ।

समायोजन गरिएको मूल्यबाट आजैदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *