एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं — Apollo Hydropower Limited ले निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। अब सर्वसाधारणका लागि बाँकी शेयरमा आवेदन खुला गरिएको हो।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दा, ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीहरूलाई वितरण भइसकेको छ।

हाल सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ, जसको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ रहेको छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुटदरमा १६.४३ वर्ष रहेको जनाइएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक Himalayan Capital Limited रहेको छ। लगानीकर्ताहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी वा Mero Share अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp