सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न
बीमा
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
सन नेपाल लाइफले सङ्खुवासभा को खाँदबारी, चैनपुर,भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै उत्त कार्यक्रममा बिमाको महत्व र दावि भुक्त्तानि कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभाबकारी भुमिकाको सम्बन्धमा बिस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गर्नु भएको थियो ।
देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
सम्बन्धित खबर
कामना सेवा विकाश बैंकद्वारा ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण
१९ मंसिर २०८२, बिहीबार
जलवायु परिवर्तनको जोखिममा जलविद्युत् आयोजना
१९ मंसिर २०८२, बिहीबार
गौरवका आयोजनाहरूमा ३ खर्ब ४९ अर्ब लगानी, समयमै पूरा भएको छैन उदाहरण
१९ मंसिर २०८२, बिहीबार
