मुक्तिनाथ विकास बैंकले एकै पटक ३२ वटा शाखा , बागमतीमा मात्रै १३ वटा

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं। मुक्तिनाथ विकास बैंकले एकै पटक ३२ वटा शाखा संचालनमा ल्याएको छ। बैंकले १६औं वार्षिकोत्सवका अवसरमा शाखा शुभारम्भ गरेको हो। बैंकले प्रदेश १ मा ४, प्रदेश २ मा ३, बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ५ र सुदुरपश्चिममा २ वटा शाखा संचालनमा ल्याएको हो। बैंक अध्यक्ष भरतराज ढकालले डिजिटल माध्यमबाट एकै साथ ३२ वटा शाखाको उद्घाटन गरे।

कार्यक्रममा बैंक अध्यक्ष ढकालले बैंकले सधै गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउँदै वित्तीय पहुँच पुर्‍याउने उदेश्यले सबै प्रदेशमा शाखा संचालनमा ल्याएको बताए। कार्यक्रममा बैंकका संचालक, पूर्व संचालक, संस्थापक सेयरधनी लगायतको उपस्थिती थियो।

बैंकले वार्षिकोत्सबका अवसरमा सातै प्रदेशका क्षेत्रीय तथा शाखामार्फत विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रम समेत गर्दै आएको छ।

बैंकले विद्यालयमा स्टेशनरी तथा फर्निचरका सामान, अनाथलय तथा वृद्धाश्रमममा खाद्यान्न र लत्ता कपडा वितरण गरेको थियो। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि १० लाख रुपैयाँ खर्च गरेको जनाएको छ।

बैंकले काठमाडौंको केन्द्रीय कार्यालय कमलादी र पोखराको क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम गरेर २ सय २ पोका रगत संकलन गरेको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp