गरिमा विकास बैंकले डाक्यो साधारणसभा

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

गरिमा विकास बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बिरौटास्थित होटेल पोखरा ग्रान्डमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५.०८ (गरिमाले सराहा विकास बैंक प्राप्ति गरेपछि) को १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९६.८१ रुपैयाँबराबरको बोनस सेयर पारित गर्नेछ। गरिमाले सहारालाई प्राप्ति गरी एकीकृत कारोबार सम्पन्न गर्दाको दिनभन्दा पछाडि दोस्रो बजारबाट सेयर कारोबार भई कायम सेयरधनीहरुले प्रचलित आयकर ऐनबमोजिम बोनस सेयरबापतको कर तिर्नुपर्ने सम्बन्धित सेयरधनीहरुबाटै जम्मा गराई भुक्तानी गर्ने निर्णय बैंकले गरेको छ।

विकास बैंकको चुक्तापुँजीको कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको हुनुपर्छ। तर साविक सहारा विकास बैंक गाभ्दा पनि गरिमाको चुक्तापुँजीको ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको नहुने अवस्था सिर्जना भएकोले अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्न, गाभिन र प्राप्ति प्रयोजनका लागि गर्ने आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु पनि छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले चैत ४ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २ गते (चैत ३ गते होलीको सार्वजनिक बिदा) सम्म कायम सयेरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp