एकैदिन थप ४ स्थानमा नबिल बैंकको शाखा
काठमाडौं । नबिल बैंकले आइतबार काठमाडौंको ४ स्थानमा ४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।
बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखाको कसाथ उद्घाटन गरेको हो । उद्घाटन भएका चार९४० नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४१ पुगेको छ ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक संचालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घाटन गरेका थिए ।
विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा बैंकिङ सेवाहरू प्रदान गर्नेछ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ ।