सेयर किन्दा बुक भ्यालु किन हेर्ने ?

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

पछिल्लो समय नेपालको जलविद्युत क्षेल लगानीकर्ताहरुको लगानीको छनौटको क्षेत्र हो । यो क्षेत्रमा लगानी गर्ने धरै लगानीकर्ताहरुले यो बीचमा राम्रो मुनाफा समेत कमाइसकेका छन् भने कतिपय लगानीकर्ताहरु भने यीनै कम्पनीहरुको उच्च मूल्यमा फसेका पनि छन् ।

अहिलेसम्म जलविद्युत क्षेत्रका ३९ वटा कम्पनीहरु दोस्रो बजारमा सुचिकृत छन् । जसमध्य १४ वटा कम्पनीहरुको बुकभ्यालु १०० रुपैयाँ भन्दा पनि कम छ । कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ (खुद मूल्य अथवा किताबी मूल्य) हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ । दोस्रो बजारमा कारोबार गर्दा कम्पनीको सेयरको किताबी मूल्य र बजार मूल्यबीच तुलना गरेर खरिद बिक्रीको निर्णय गर्नु राम्रो मानिन्छ ।

१०० भन्दा कम बुकभ्यालु भएका जलविद्युत कम्पनीहरु यस प्रकारका छन् :

१) आँखुलोला जलविद्युत कम्पनी
२) छ्याङ्दी हाइड्रोपावर
३) दिव्यश्वरी हाइड्रोपावर
४) हिमाल दोलखा हाइड्रोपावर
५) हिमालयन उर्जा विकास कम्पनी
६) जोशी हाइड्रोपावर
७) खानीखोला हाइड्रोपावर
८) लिबर्टी इनर्जी लिमिटेड
९) पन्चकन्या माई हाइड्रोपावर
१०) रसुवागढी हाइड्रोपावर
११) सान्जेन जलविद्युत कम्पनी
१२) शिवश्री हाइड्रोपावर
१३) युनियन हाइड्रोपावर
१४) अप्पर तामाकोशी जलविद्युत आयोजना

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp