सनराइज बैंकको स्वास्थ्य बीमा योजनामा विदेशमा गरेको खर्च पनि दावी गर्न सकिने
सनराइज बैंकले आफ्ना सबै बचत खातामा स्वास्थ्य योजना दिँदै आएकोमा थप सुविधा दिने भएको छ ।
पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बीमा दिँदै आएकोमा यस वर्षदेखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर र थाइल्यान्डका अस्पतालमा उपचार गराउँदाको खर्च समेत स्वास्थ्य योजना अन्तर्गत दाबी गर्न सकिने बैंकले जानकारी दिएको छ ।
साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरुमा हुनसक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउँदा लिन सकिने छ ।
बैंकको यस योजनाले हालसम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । बैंकको अनुसार हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।
बैंकले स्वास्थ्य बीमा अन्तर्गत बैंकले स्वास्थ्य बीमा अन्तर्गत अस्पताल भर्ना र ओपिडी खर्च गरी १ लाखसम्मको बीमा दिँदै आएको छ । उक्त बीमा रकम वर्षमा तीन पटकसम्म गरी दाबी गर्न सकिनुको साथै ५ लाखसम्म दुर्घटना बिमा पनि रहेको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
नेपालमै पहिलो पटक नबिल बैंकले सुरू गर्यो एनबैंक, यस्ता छन् विशेषता
१९ मंसिर २०८२, बिहीबार
सिभिल बैंकको डेपुटी सीइओमा सचिनजङ्ग रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ्ग अनुभव
१९ मंसिर २०८२, बिहीबार
कामना सेवा विकास बैंकको ‘केए डिजी’ सञ्चालनमा, यस्ता छन् विषेशता
१९ मंसिर २०८२, बिहीबार
