माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सिसियु वार्ड हस्तान्तरण
माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र महतोले उक्त सिसियु वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
माछापुच्छ्रे बैंकले बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको छ ।
बैंकले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
सिटिजन्स बैंकले शुरु गर्यो ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा
१९ मंसिर २०८२, बिहीबार
बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.३ प्रतिशत र कर्जा प्रवाह ६ प्रतिशतले वृद्धि
१९ मंसिर २०८२, बिहीबार
अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने
१९ मंसिर २०८२, बिहीबार
