सबैभन्दा बढी कर तिर्ने ५ बैंकहरु
आर्थिक वर्ष २०७८/८९ मा नेपालमा रहेका वाणिज्य बैंकमध्ये सबैभन्दा बढी पाँच बैंकले कर तिरेका छन् । आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्ष एनआईसी एशिया बैंक सबैभन्दा बढी कर तिरेको छ ।
उक्त बैंक बढी कर तिर्ने कम्पनीहरुमध्ये छैटौंं नम्बरमा छ । गत आर्थिक वर्षमा एनआईसी एशियाले ३ अर्ब ४१ करोड कर तिरेको हो । आर्थिक वर्ष २०७७/०७८ मा एनआईसी एशियाले ३ अर्ब ६१ करोड कर तिरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नबिल बैंकले ३ अर्ब ९७ करोड कर तिर्दै बैंकिङ क्षेत्रभध्ये धेरै कर तिर्नेको पहिलो नम्बरमा परेको थियो । नबिल बैंकले गत आर्थिक बर्षमा ३ अर्ब ३२ करोड कर दाखिला गरेर धेरै कर तिर्नेको सातौं नम्बरमा छ ।
ग्लोबल आइएमई बैंक आठौं सबैभन्दा बढी कर तिर्ने कम्पनी भएको छ । ग्लोबल आइएमई बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ । सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले नवौं तथा दशौं स्थानमा रहेका छन् ।
ठूला करदाता कार्यालय अन्तर्गत वार्षिक १ अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने करदाता पर्छन् । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता ८९ बैंक तथा वित्तीय संस्था तथा बिमा कम्पनी पर्छन् ।
सम्बन्धित खबर
कुमारी बैंकको नयाँ शाखा सिफलमा
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
मेगा बैंकले आफ्नो छुट्टै भवन बनाउन एक अर्ब बढीको जग्गा किन्ने
१९ मंसिर २०८२, बिहीबार
