बैंक अफ काठमाडौं र हेफर नेपालबीच सहकार्य
वाणिज्य बैक
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ ।
बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । बैंकले ९७ शाखा, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा १५%क्यास ब्याक पाइने
१९ मंसिर २०८२, बिहीबार
एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई ५ हजारसम्मको आकर्षक छुट
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकलाई भिसा इन्टरनेसनलको दुईवटा सम्मान, डेबिट कार्ड बिजनेस र इकमर्समा पुरस्कृत
१९ मंसिर २०८२, बिहीबार
