नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा मुक्तिनाथ बैंकका सीईओ पोखरेल विजयी

Heading2 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेलले नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगत तर्फबाट अत्याधिक भारी मत ल्याई विजयी भएका छन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा आयोजना गरिएको एक कार्यक्रममा मतदानको आधारमा संघले उनलाई विजयी विजयी घोषणा गरेको हो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसीन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp