अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय
Heading2
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
बैंकहरुले गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो।
बैंकहरुले निजी सवारीसाधन, चुरोट तथा रक्सी, ड्राई फुड, फर्निचर, सजावटका सामग्री, मोबाइल, कस्मेटिक वस्तुको आयात नखोल्ने निर्णय गरेको हो । राष्ट्र बैंकले १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।
