नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर
नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ मनाउने नयाँ वर्ष को अवसरमा ग्राहकहरुका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । यो अफर चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।
अफर अन्तर्गत ४९ रुपैयाँमा २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक उपलब्ध हुनेछ । यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सुविधा खरिद गर्न सकिन्छ ।
यसका साथै २०० रुपैयाँ देखि ४९९ रुपैयाँ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
सम्बन्धित खबर
एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै प्रशासनमा निवेदन
२७ मंसिर २०८२, शुक्रबार
अर्थतन्त्रका संरचनात्मक समस्या समाधानको कार्ययोजना बनाउन प्रधानमन्त्रीको निर्देशन
२७ मंसिर २०८२, शुक्रबार
सुनकाे भाउ सात सय रुपैयाँले घट्याे
२७ मंसिर २०८२, शुक्रबार
