गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदै
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज हुँदैछ । बुधवार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भए पनि समय अभावका कारण बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै गएकाे वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
गएकाे वर्षको चैत्र २५ गते बसेको मन्त्रीपरिषद्काे बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उहाँ निलम्बनमा पर्नुभएको थियो । न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किनुभएको थियो ।
सम्बन्धित खबर
निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं बार्षिक उत्सव सम्पन्न, ८ खर्ब ७९ करोड निक्षेप दोब्बरले बढ्यो
नेपाल र बंगलादेशबीच ऊर्जा बैठक आजदेखि, वर्षा अगावै बंगलादेशमा विद्युत बेच्ने तयारी
एनआईसी एशिया लघुवित्तको आयोजनामा राजगढमा सरसफाइ
