नबिललाई एनबी गाभ्न बाटो खुल्यो
नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्दा अन्ततः फिर्ता भएको छ । सो रिट निवेदकले फिर्ता लिएसँगै दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने बाटो खुलेको छ ।
नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो ।
एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएपछि दुबै पक्षको कुरा सुन्न उक्त मुद्धा संयुक्त इजलासमा पुगेको थियो । मंगलबारको लागि सुनुवाइ तोकिएको उक्त मुद्दा मंगलबार पनि सुनुवाइ हुन सकेन भने बुधबार पनि सो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।
बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । तर सुनुवाई सुरु नहुँदै मुद्दा फिर्ता लिएको छ ।
मुद्दा फिर्ता भएसँगै अब दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने भएको छ। दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने ती बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।
सम्बन्धित खबर
सडकमा विद्युतीय सवारी बढ्दै, ८ महीनामै भित्रियो १ हजार ३५७ थान सवारी साधन
१९ मंसिर २०८२, बिहीबार
नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित
१९ मंसिर २०८२, बिहीबार
तनहुँमा युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन
१९ मंसिर २०८२, बिहीबार
