आजदेखि शुक्रवार पनि शेयर कारोबार हुने, आइतवार बन्द

६ जेष्ठ २०७९, शुक्रबार ०५:१४

आज अर्थात् शुक्रवार पनि शेयर कारोबार हुने भएको छ । नेपाल सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिवार र आइतवार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार अब शुक्रवार पनि शेयर बजार खुला हुनेछ भने आइतवार भने बजार बन्द रहनेछ ।

सरकारको निर्णयसँगै नेप्सेमा पनि शनिवार र आइतवार साताको दुई दिन सार्वजनिक बिदा हुनेछ । नेप्सेको वैशाख २१ गते बसेको सञ्चालक समितिले बैठकले जेठदेखि लागू हुने गरी शुक्रवार पनि कारोबार खोल्ने निर्णय गरेको थियो ।

बिहीवार नेप्से परिसूचक २३ दशमलव ५१ अंक घटेर २ हजार २५० दशमलव ९१ विन्दुमा झरेको थियो ।

उक्त दिन कारोबारमा आएका २१९ ओटा धितोपत्रको रू. १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ दशमलव ४४ मा खरीदविक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *