आजदेखि कक्षा १२ को परीक्षा सुरु
Heading3
BusinessSarokar
|
२७ मंसिर २०८२, शुक्रबार
आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । आजदेखि सुरु हुने परीक्षा आउँदो २५ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।
परीक्षाका लागि देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ७७ वटै जिल्लाका तोकिएका परीक्षा केन्द्रमा अनलाइनबाट प्रश्नपत्र पठाइएको छ ।
परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुनेछन् । यसअघि गएको वैशाखमा कक्षा ११ को परीक्षा भएको थियो ।
सम्बन्धित खबर
कुनै समय दक्षिण एशियाकै धनाड्य श्रीलंका कसरी बन्यो कंगाल ? यस्तो छ नेपालले सिक्नै पर्ने पाठ
२७ मंसिर २०८२, शुक्रबार
सुनकाे भाउ तीन सय रुपैयाँले बढ्याे
२७ मंसिर २०८२, शुक्रबार
कर्जाको माग उच्च बिन्दुमा
२७ मंसिर २०८२, शुक्रबार
