Banking Khabar
Heading2

तनहुँकाे आँबुखैरेनीमा भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

June 10, 2022
सेयर:

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ ।

निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

कार भने नदीमा पुगेको छ । ‘कार पहिराेले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ’, उहाँले भन्नुभयो, ‘कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।’

उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदैछ ।