वाणिज्य बैंकहरुको निक्षेप रु. २३ अर्बले बढ्यो

Heading2 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको हो।

गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। जेठ २७ गतेसम्म निक्षेप बढेर ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। एनबीएका अनुसार जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले, दोस्रो साता ६ अर्ब रुपैयाँले, तेस्रो साता ७ अर्ब रुपैयाँले र चौथो साता ३ अर्ब रुपैयाँले बढेको छ।

यसैगरी जेठ महिना लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ थियो। जेठ २७ गतेसम्म कुल कर्जा लगानी बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। जेठ २७ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.२२ प्रतिशत रहेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp