शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि

अर्थतन्त्र BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार नेपाली बजारमा पहेँलो धातु अर्थात् सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले  र चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।

तोलामा ७०० रुपैयाँले वृद्धि भएपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।

त्यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ रहेको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp