विलासी जीवन र फजुल खर्चका लागि कर्जा लिनुहुँदैनः राष्ट्र बैंक
१२ चैत्र २०७९, आईतवार १७:३१
नेपाल राष्ट्र बैंकले विलासी जीवनमा खर्च गर्नका लागि कर्जा लिन नहुने जनाएको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले विलासी जीवन तथा अनवाश्यक खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको हो ।
राष्ट्र बैंकले कर्जाको प्रयोगबाट आम्दानी सिर्जना गर्नुपर्ने बताएको छ । ‘विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिनुहुँदैन, कर्जाको प्रयोगले आम्दानी सिर्जना गर्नुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकका अनुसार कर्जाको प्रयोग कसरी गर्ने र कर्जा कसरी तिर्ने भन्ने स्पष्ट योजना बनाएर मात्र कर्जा लिनुपर्दछ । राष्ट्र बैंकले गत सोमबारदेखि ग्लोबल मोनी विक २०२३ साताव्यापी रुपमा मनाइरहेको छ ।