Banking Khabar
Heading1

हिकास्टको रजत जयन्ती अवसरमा कविता प्रतियोगिता हुने

May 16, 2025
सेयर:

काठमाडौं, किर्तिपुर —
हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी (HICAST) ले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ ९रजत जयन्ती०को अवसरमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। “शिक्षा को शंख स् ज्योति को पंख” भन्ने नारासहित आयोजना गरिने यो प्रतियोगिता हिकास्टको शैक्षिक यात्राको काव्यात्मक रुपमा सम्मान गर्ने उद्देश्यले गरिएको हो।

प्रतियोगितामा इच्छुक सहभागीहरूले २०७८ साल जेठ ५ गते ९द्दण्डद्दरण्द्दरण्छ० भित्र आफ्नो कविता ड्राफ्ट पेश गर्नुपर्नेछ। कविता प्रतियोगिता जेठ ८ गते  हिकास्ट, किर्तिपुर, सल्यानथानमा सम्पन्न हुनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

सन् २००० मा स्थापना भएको हिकास्टले विगत २५ वर्षदेखि कृषि शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गर्दै आएको छ। यस अवसरमा आयोजित प्रतियोगिता संस्थाको शैक्षिक योगदानलाई स्मरण गर्ने र विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने माध्यम बन्ने अपेक्षा गरिएको छ।