पोखरा र समृद्धि फाइनान्स मर्जरमा
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा जाने भएका छन्। पोखरास्थित होटल ल्यान्डमार्कमा दुई वित्तीय संस्थाबीच औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा पोखरा फाइनान्सका अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेका अनुसार मर्जर प्रक्रिया १:१ स्वाप अनुपातमा हुनेछ। मर्जरपछिको एकीकृत संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै सञ्चालन हुनेछ।
दुवै कम्पनीले नियामकीय स्वीकृति लिएपछि मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने सहमति भएको छ। मर्जर प्रक्रियाअन्तर्गत आजदेखि दुवै फाइनान्स कम्पनीको सेयर कारोबार नेप्सेमा रोक्का गरिएको छ।
सम्बन्धित खबर
रसिया र चीनबीच दर्जन एजेण्डामा सहमति, पुटिन र सिबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
१९ मंसिर २०८२, बिहीबार
एकैदिन ७५ अंकले बढेको नेप्से २९ सय अंक नजिक, सवा १४ अर्बको कारोबार
१९ मंसिर २०८२, बिहीबार
राष्ट्र बैंकले सरकारको निर्देशन विपरित गएर १ अर्ब २४ करोड रुपैयाँ भत्ता बाँड्यो
१९ मंसिर २०८२, बिहीबार
