सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३ करोड नाघ्यो, वितरणयोग्य नाफा तीन गुणाले वृद्धि

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकको नाफा ५० करोड ४२ लाख ८० हजार रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन नाफा भने १०.०६ प्रतिशतले वृद्धि भई ७७ करोड ४२ लाख ५ हजार रुपैयाँ पुगेको छ। तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ।

उल्लेखनीय रुपमा, बैंकको वितरणयोग्य नाफा २१३.८१ प्रतिशतले बढेर ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो नाफा १३ करोड १८ लाख ७८ हजार रुपैयाँ मात्र थियो।

उक्त वृद्धिले सेयरधनीलाई लाभांश दिने बैंकको क्षमता बढाएको छ। हाल बैंकको प्रतिकित्ता लाभांश दिने क्षमता ११ रुपैयाँ ६४ पैसा रहेको छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) १५ रुपैयाँ १० पैसा तथा प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख ५५ हजार रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४३ अर्ब २ करोड १४ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp