सार्वजनिक वाइफाई प्रयोग गरेर विद्युतीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानको वाइफाई नेटवर्क प्रयोग गरेर विद्युतीय कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ।

राष्ट्र बैंकले एक भिडियो सन्देश जारी गर्दै सार्वजनिक वाइफाई प्रयोग गर्दा व्यक्तिगत बैंक विवरण, पासवर्ड वा अन्य संवेदनशील जानकारी चोरी हुन सक्ने भएकाले यस्तो नेटवर्कमार्फत कारोबार नगर्न उपभोक्तालाई सचेत गराएको हो।

केन्द्रीय बैंकले सुरक्षित नेटवर्क प्रयोग गर्ने, आधिकारिक मोबाइल बैंकिङ एपमार्फत मात्र कारोबार गर्ने र अनावश्यक लिंकमा क्लिक नगर्ने सुझावसमेत दिएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp