घरजग्गा कारोबारबाट गत वैशाखमा ६ अर्ब २६ करोड रुपैयाँ राजस्व उठ्यो

४ जेष्ठ २०८३, सोमबार ०७:१३

घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व संकलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व संकलनमा वृद्धि भएको छ ।

गत चैतमा घर जग्गा कारोबारबाट कूल ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ रुपैयाँ राजस्व संकलन भएकोमा वैशाखमा कूल ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार ४०२ रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब ३१ करोड ९५ लाख ५० हजार ११७ रुपैयाँ, पूँजीगत लाभकरबाट २ अर्ब ५५ करोड २४ लाख ६४ हजार २२ रुपैयाँ संकलन भएको छ । यस्तै, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ४८ लाख ७८ हजार ३१८ रुपैयाँ संकलन भएको छ ।

यस्तो शुल्क गत चैतमा सेवाकरमार्फत ३६ करोड १ लाख ५५ हजार ५७१ रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट ३ अर्ब २२ करोड ८४ लाख ६० हजार ५६२ रुपैयाँ संकलन भएको थियो । यस्तै, पूँजीगत लाभकरवापत २ अर्ब ५२ करोड ७४ लाख ७० हजार ७३ रुपैयाँ संकलन भएको थियो ।

मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट ४ करोड ६२ लाख ९९ हजार ७८० रुपैयाँ बराबर रकम संकलन भएको विभागले जनाएको छ ।

त्यस्तै, गत फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार, गत माघमा भने ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ बराबर राजस्व संकलन भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *