अफगानस्तानबाट निस्किन हवाईजहाजको चक्कामा झुन्डिदा ३ जनाको मृत्यु

Heading3 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

 भदौ १, काठमाडौं । पछिल्लो समयल अफगानस्तानमा सत्ता पक्ष र विद्रोही बिचको तालमेल नमिल्दा त्यहाँका सेना पक्ष र विद्रोही गरि हजारौ नागरिक समेत मारिएका छन् । केहि समय पहिला अमेरिका लगायत बिदेशी सेनाहरुले अफगानस्तान छोडे सगैँ लगातार त्यहाँका मुख्य शहरहरुमा तालिवानले कब्जा गर्दै आएको छ ।

अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।

अफगानिस्तानमा तालिबान सत्तामा आएको यो दोश्रो पटक हो। दुबै पटक सशस्त्र बिद्रोह मार्फत। तालिबान भनेको पश्तु भाषामा विद्यार्थी हो, सिक्न चाहने ब्यक्ति हो। यस संगठन स्थापना गर्ने नेता शिक्षक मोहम्मद ओमार थिए, जसले विद्यार्थीलाई गोलबन्द गर्दै संगठन बनाएको ४ वर्षमा नै सन् १९९६ मा अफगानिस्तानको सत्ता कब्जा गरेका थिए।

काबुल विमानस्थलको हालत अहिले अस्तव्यस्त भएको छ । राजधानी काबुलमा कहिले गोली बारुद त कहिले हिंसा भड्के सगैँ काबुल तनाबमा आएको छ ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp