गरिमा विकास बैंकद्वारा ट्राफिक प्रहरी वृत्तलाई जनचेतनामूलक सामग्री हस्तान्तरण
Heading3
BusinessSarokar
|
१६ पुष २०८२, मङ्गलबार
गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवा मूलक कार्यहरु गर्दै आइरहेको छ ।यसैलाई नै निरन्तरता प्रदान गर्दै यस विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा बिहीबार ट्राफिक प्रहरी वृत्त जनसेवा न्यूरोड, काठमाडौंलाई ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण गरेको छ ।
बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न यस प्रकारका ट्राफिक जनचेतनामूलक सामग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ । हाल, यस विकास बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Spread the love
