मंगलबार थप ३२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
Heading2
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१ भदौ, काठमाडौं । आज देशैभरी ३२७४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६५ पिसीआर र ६,१२४ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १७ हजार ६८९ नमुना परीक्षणमा ३२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार सोमवारको तुलनामा मंगलवार संक्रमित हुनेको संख्या केही घटेको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा २७ जना संक्रमितको मृत्यू भएको छ । हालसम्म कुल १० हजार ३ सय ५४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुने दर ९३.२ प्रतिशत रहेको छ ।
सम्बन्धित खबर
१७ विकास बैंक मध्ये बढी लाभांश दिन सक्नेमा एक्सल अग्रिम, कुनको अबस्था कस्तो ?
१९ मंसिर २०८२, बिहीबार
आज बाल दिवस मनाइँदै, राष्ट्रपतिले दिए शुभकामना
१९ मंसिर २०८२, बिहीबार
६ कारोबार दिनमा २०० अंक घट्यो नेप्से, किन सुस्तायो बजार
१९ मंसिर २०८२, बिहीबार
