ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीद्वारा पदभार ग्रहण
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
१ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका छन ।
रेग्मीलाई गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौलारखुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको सुपरिवेक्षण गर्छन् ।
वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए तथा त्रिभुवन विश्वविद्मालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन ।
सम्बन्धित खबर
३० अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक
१९ मंसिर २०८२, बिहीबार
प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने
१९ मंसिर २०८२, बिहीबार
अब एनएमबि बैंकका ग्राहकले दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने
१९ मंसिर २०८२, बिहीबार
