बोर्ड अध्यक्ष र नेप्से सीइओलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

भदौ ४, काठमाडौं । अर्थ समितिले सर्वोत्तम सिमेन्टको शेयर खरिदमा संलग्न नियामक निकायका पदाधिकारीमाथि भईरहेको छानविन यथाशिघ्र सम्पन्न गरि कारवाही अघि बढाउँन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकाल्दै अर्थ समितिले तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

शुक्रबार बसेको समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत शेयर कारोबार गरेको निष्कर्ष निकालेको हो । सर्वोत्तम सिमेन्टको शेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा किनेर पदीय आचारण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत बनाएको छ ।

‘पुंजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शिता, सदाचार, नैतिकता, साथै जिम्मेवारी र जवाफदेहीता प्रबर्दन गर्न नीतिगत, कानुनी, संरचनात्मक, ब्यबस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नु पर्ने सुधारको खाका तयार गरि समितिलाई जानकारी गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने र नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादा अनुकुल नहुने गरि अनुचित लाभ लिन गरेको भनिएको शेयर कारोबारको समबन्धमा अर्थ मन्त्रलायबाट अध्ययन र छानविन भईरहेको जानकारी प्राप्त भएकोले उक्त छानविन यथाशिघ्र सम्पन्न गरी कानुन बमोजिम आवश्यक कारवाही अगाडी बढाउन र सो को जानकारी समितिलाई गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सदस्यहरुले पूँजी बजारको नियामक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानूनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp