मोटर बाटो नपुगेको जग्गा पनि धितो राखेर २० लाखसम्म ऋण लिन पाउने

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट एक करोडसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम गर्नेले आधार दरमा थप २% प्रिमियम तिरेरै ऋण पाउने भएका छन् ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै कसैले यो शीर्षकमा २० लाखसम्म ऋण लिन चाहेमा मोटर बाटो नपुगेको जग्गासमेत धितो राख्न सक्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले  इजाजतपत्रप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मङ्गलवार जारी गरेको एकीकृत निर्देशन २०७७ को संशोधित निर्देशिकामा यस्ता व्यवस्था गरिएको हो। सामान्यत धितो राखिने जग्गा मोटर बाटो योग्य हुनु पर्नेछ। तर, यी विशेष ऋणीको लागि भने त्यो आवश्यक पर्ने छैन। त्यस बाहेक यस्तो ऋण सात दिनभित्र दिनु पर्ने किटानी व्यवस्था पनि संशोधित निर्देशिकामा छ। यदि ऋण नदिने हो भने बैंक तथा वित्तीय संस्थाले नदिनुको कारण खुलाउनु पर्नेछ।

साथै कृषि, लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाहलाई थप प्रोत्साहित गर्न गाँउपालिका तथा नगरपालिकाको सरकारी कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकका शाखाहरुमा कृषि, लघु तथा घरेलु कर्जासम्बन्धी फोकल डेस्कको स्थापना गर्न समेत निर्देशन दिएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp