Banking Khabar
Heading2

सन् २०२४ मा पहिलो ‘एप्पल कार’ सार्वजनिक हुने

September 3, 2021
सेयर:

एजेन्सी – एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ।

एप्पलले आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सन् २०२४ मा सार्वजनिक गर्ने भएको छ।

योभन्दा अघि ‘एप्पल कार’ अमेरिकास्थित हुन्डाई कम्पनीले उत्पादन गर्ने हल्ला थियो, तर हालै सार्वनजिक भएको एक रिपोर्टका अनुसार एप्पल अहिले एसियाका गाडी आपूर्तिकर्ताहरुसँग कुराकानी गरिरहेका छन्।

विश्वव्यापी चिपको अभावको बिचमा अटोमोबाइल उद्योग मारमा परिरहेको बेला एप्पल यो समस्यालाई मध्यनजर गर्दै गाडी उत्पादन कसरी गर्न सकिन्छ भन्ने कुरामा चिन्तित रहेको डिजिटाइम्सले जनाएको छ। हाल प्रोसेसरको अभावको कारण स्मार्टफोन कम्पनीहरुले पनि नयाँ उत्पादन बनाउन नसकेको बेला ‘एप्पल कार’ उत्पादन गर्न कम्पनीलाई चुनौती हुनसक्छ।

यसका लागि एप्पल कार कम्पोनेन्ट निर्माताहरु र एसेम्बलहरु भ्रमण गरिरहेको एप्पल इन्साइडरको भनाइ छ।