राष्ट्र बैंकद्धारा लघुवित्तसँग पुनर्कर्जाको लागि आवेदन माग

Uncategorized BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुनर्कर्जाका लागि आवेदन माग गरेको छ । केन्द्रीय बैंकले आज पुस २७ गतेदेखि पुनर्कर्जा कार्यविधि, २०७७ अन्तर्गत लघुवित्त वित्तीय संस्थाहरुसँग पुनर्कर्जाका लागि आवेदन माग गरेको हो । पुनर्कर्जाका लागि लघुवित्त कम्पनीहरुले माघ १२ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । केन्द्रीय बैंकका अनुसार पुनर्कर्जाका लागि लघुवित्त संस्थालाई अघिल्लो त्रैमासको पुँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्ने, पुँजीकोष अुनपात राष्ट्र बैंकले तोकेबमोजिम हुनपर्ने, योजना अनुसार चुक्ता पुँजी पुगेको, विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारी तथा कार्यकारी प्रमुखलाई कुनै कारबाही नभएको, आफ्नो कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्ने, विगत एक वर्षमा केन्द्रीय बैंकबाट सिघ्र सुधारात्मक लगायत कुनै पनि कारबाहीमा नपरेको र पुर्नकर्जा प्राप्त गर्ने प्राप्त स्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी ब्याजदरमा समायोजन गर्नुपर्ने लगायतका शर्त पुरा गरेको हुनुपर्नेछ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp