कर्राखोलाले ट्रक बगाउँदा बेपत्ता दुई जनाकै शव फेला
मकवानपुर- कर्रा खोलामा आएको बाढीले ट्रक बगाउँदा बेपत्ता भएका अर्का एक जना व्यक्तिको पनि शव फेला परेको छ । शव घटनास्थलबाट करिब साढे एक किलोमिटर तल हेटौंडा उपमहानगरपालिका–१७ चुच्चे खोलाबाट कुमालटारतर्फ पर्ने कर्रा खोलाको किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कुमाल्टारबाट दूध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेको थिए । शुक्रबार दिउँसो कर्रा खोलामा आएको बाढीले ट्रक बगाउँदा दुई जना बेपत्ता भएका थिए । शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रक उपमहानगरपालिका–१७ रामपुरडाँडास्थित कर्रा खोलामा आएको बाढीले बगाउँदा उनीहरू बेपत्ता भएका थिए ।
बेपत्ता भएकामध्ये एक जनाको शव शनिबार साँझ घटनास्थलबाट करिब २०० मिटर तल खोला किनारमा फेला परेको थियो । उनको सनाखत हुन सकेको छैन । शनिबार साँझ फेला परेको शव गणेश थापा मगरको भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
यी हुन संविधान दिवसको अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने बैंकिङ उद्यमी र बैंकरहरु
१९ मंसिर २०८२, बिहीबार
बैंकिङ प्रणालीमा बढ्दो तरलताः ३० अर्ब खिच्दै राष्ट्र बैंक
१९ मंसिर २०८२, बिहीबार
दशैंका लागि नयाँ नोट असोज ४ गतेदेखि साट्न पाइने
१९ मंसिर २०८२, बिहीबार
