अब नेपाली बजारमा सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

सामसङको नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ नेपाली बजारमा सार्वजनिक भएको छ।

आइतबार आयोजना भएको कार्यक्रममा सामसङले नयाँ ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ प्रस्तुत गरेको हो।

काठमार्डौँ – स्टाइलिस डिजाइन भएको ‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’मा दुईवटा स्क्रिन छ, मेन स्क्रिन र कबर स्क्रिन। मेन स्क्रिनमा ६.७ इन्चको डाइनामिक एमोलेड इन्फिनिटी फ्लेक्स डिस्प्ले छ। कबर स्क्रिनमा १.९ इन्चको सुपरएमोलेड डिस्प्ले छ।

प्रयोगकर्ताले फोन फ्लिप गरेर दुवै स्क्रिन प्रयोग गर्न सक्नेछन्। यसमा १२० हर्जको रिफ्रेस रेट छ।

यो फोल्डएबल फोनको रियर क्यामरामा १२ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र १२ मेगापिक्सलको वाइड क्यामरा छ। यसैगरी यसमा १० मेगापिक्सलको सेल्फी क्यामरा छ।

यसको क्यामरामा भएको फ्लेक्स–मोडबाट प्रयोगकर्ताले हातबिना नै सेल्फीहरु खिच्न सक्छन्। क्यामरा क्विक सट फिचर पनि छ जसले किबर स्क्रिनबाट फोटो र भिडियो खिच्छ।

‘ग्यालेक्सी जेड फ्लिप–३ ५–जी’ अपग्रेडेड स्टेरियो स्पिकर र डोल्बी एटोमका साथ आएको छ। ५–एनएम ६४ बिट अक्टा–कोर प्रोसेसरले बनेको यो फोनमा ८ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज छ।

यसमा ३ हजार ३ सय एमएएचको ब्याट्री पावर छ। चार्जिङमा भने १५ वाटको फास्ट चार्जिङ, १० वाटको फास्ट र ४.५ वाटको रिभर्स वायरलेस चार्जिङ छ। आइपिएक्स रेटिङमा ८ पाएको यो फोल्डएबल फोन पानी प्रतिरोधी पनि छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp