शाहीको चेतावनी: बालेन्द्र नेतृत्व ‘आशाको दियो’ बनोस्, डढेलो बने नियन्त्रण गर्छौं

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं, १९ चैत — ज्ञानेन्द्र शाही ले बालेन्द्र शाह नेतृत्वप्रति आशा व्यक्त गर्दै जिम्मेवार र जनमुखी शासन सञ्चालन गर्न सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै उनले विगतका कमजोरी नदोहो¥याई जनताको आवाज सुन्ने खालको शासन आवश्यक रहेको बताए। उनले सरकार केवल सत्ता सञ्चालन गर्ने संयन्त्र मात्र नभई जनताको आशा, भरोसा र भविष्यको आधार बन्नुपर्ने उल्लेख गरे।

शाहीले नेतृत्वलाई “आशाको दियो” बन्न आग्रह गर्दै त्यसलाई जोगाउनु आफ्नो कर्तव्य भएको बताए। तर, त्यही दियो डढेलोमा परिणत हुन खोजेमा नियन्त्रण गर्ने साहस आफूसँग रहेको चेतावनी पनि दिए।

उनको भनाइले वर्तमान नेतृत्वप्रति समर्थनसँगै उत्तरदायित्व र सतर्कताको सन्देश दिएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp