गीतकार देवदत्त भट्टको ‘तिमीलाई देख्दा’ सार्वजनिक (भिडियोसहित)

कला र साहित्य BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

काठमाडौँ – कसैलाई देख्दा सारा खुशी नै पाएको अनि आफ्‌नो तनमा मनमा उमंग छाए जस्तो महशुस गरिएको एउटा आत्मिय रमाईलोपनको गीत र यस गीतको म्यूजिक भिडियो सांगीतिक बजारमा भर्खरै सार्वजनिक भएको छ । जुन गीतमा आफुले हृदयदेखी नै मन पराएको मान्छेलाई गीतिलयमा गरिएको आग्रह यस्तो नौलो किसिमले प्रस्तुत गरिएको छ ।

कुशल गीतकार देवदत्त भट्टले आफ्नो रचनामा यसपटक आफैँले लोभलाग्दो संगीत भरेका छन्, गायिका सर्वज्ञा पौडेलको सुमधुर स्वरले रचना र संगीतलाई न्याय गरेको आभाष हुन्छ । म्यूजिक भिडियोमा देखिने कलाकारहरु नयाँ अनुहारका भएता पनि उनिहरुको अभिनयले गीतलाई जीवन्तता छोएको प्रतित हुन्छ ।

भिडियोमा देखिएका विकास आदर्श शर्मा, एलिशा घिमिरे र कृतिका गोले तीनै जना आशा लाग्दा कलाकारहरुको‌ रुपमा लिन सकिन्छ । बि एम बि (B.B) क्रियसन्स् को ब्यानरमा निर्माण गरिएको यस म्यूजिक भिडियो देव धिमालको निर्देशनमा तयार भएको हो, गीतको मर्म भाव अनुसार उत्कृष्ट स्कृप्ट तयार गरि आकर्षक भिडियो बनाउन पोख्त निर्देशक धिमाल लामो समयदेखि कला क्षेत्रमा आवद्ध व्यक्ति हुन् ।‌

रमा दाहालको श्रृंगार, सुमन तामाङ्को छायाङ्कन रहेको यस भिडियोलाई विजय राज भुर्तेलले सम्पादन गरेका हुन् ,भुर्तेल आफैँमा राम्रा कलाकार एवं निर्देशक समेत मानिन्छन् । काठमाण्डौको बिभिन्न ठाउँमा छायाङ्कन गरिएको यस भिडियो गीत अनुसार सुन्दर, प्रशंसायोग्य बनेको र यसले सबैखाले दर्शकको मन जित्ने कुरामा बिश्वस्त रहेको निर्माण पक्षको भनाई छ ।

यस म्यूजिक भिडियोका सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई हाम्रो तर्फबाट बधाई अनि सफलताको शुभकामना व्यक्त गर्दछौँ

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp