प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबारमा ल्याउने प्रकृया अन्तिम चरणमा, ओपनिङ्ग रेन्ज कति ?
प्रभु लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरणको लागि प्रकृया अघि बढेको छ ।कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकरणको प्रकृया अघि बढेको हो । कम्पनीले जनाए अनुसार सूचीकरणको लागि गनुपर्ने लगभग काम सकिएको छ । सम्पुर्ण प्रकृया सकिएपछि शुक्रबार भित्रै सूचीकरण हुने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर शुक्रबार भित्रै नेप्सेमा सूचीकृत भए आइतबारदेखि दोस्रो बजारमा कारोबार आउनेछ ।कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीको शेयर सूचीकरणको सबै प्रकृया सकिएपछि मात्रै नेप्सेले ओपनिङ्ग रेन्ज निर्धारण गर्ने गरेको छ । तर सामान्यतय कम्पनी विवरणपत्र अनुसार रहेको बुक भ्यालुको ३ गुणा सम्म ओपनिङ्ग रेन्ज तोक्न सकिने व्यवस्था छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर बुक भ्यालु ११२ रुपैयाँ ९४ पैसा छ । त्यस अनुसार कम्पनीको शेयरको न्यूनतम ११२ देखि ३३८ रुपैयाँको हाराहारीमा कारोबार खुल्न सक्ने अनुमान गर्न सकिन्छ ।