काठमाडौं किंग्स इलाभेनको मुख्य प्रायोजकमा शिवम् सिमेन्ट

समचार BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट अन्तर्गत शिवम् सिमेन्ट लिमिटेडले काठमाडौं किंग्स इलाभेनलाई प्रायोजन गर्ने भएको छ।

हीबार आयोजित कार्यक्रममा शिवम् सिमेन्टले इपीएलको चौथो संस्करणका लागि काठमाडौं किंग्स इलाभेनसँग मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको हो।

ठमाडौं इलाभेनका सञ्जय अग्रवाल र शिवम् सिमेन्टका उपाध्यक्ष केपी रिजालले सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

काठमाडौंले विदेशी खेलाडीका रूपमा पाकिस्तानका पूर्वकप्तान सहिद अफ्रिदी, सिंगापुरका तीव्रगतिका बलर जनक प्रकाश तथा जिम्बाबेका रायन बर्ललाई अनुबन्ध गरेको छ। काठमाडौंको कप्तानी स्पिनर सन्दीप लामिछानेले गर्नेछन्।

इपीएल ९–२३ असोजसम्म त्रिवि मैदानमा हुनेछ। काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp