सिटिजन्स बैंकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्र्र्टमा विशेष छुट
बैंकिङ
BusinessSarokar
|
१९ मंसिर २०८२, बिहीबार
६ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुँ स्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निशुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
सम्बन्धित खबर
१२ वाणिज्य बैंकको नाफा ३३ अर्ब ६७ करोड बढी, कुनको कति ?
१९ मंसिर २०८२, बिहीबार
वाणिज्य बैंकमा जागिर खुल्यो, सहायकदेखि वरिष्ठ प्रबन्धकसम्म ८१४ कर्मचारी माग
१९ मंसिर २०८२, बिहीबार
प्रतिकुल अवस्थाका बिच ‘क’ बर्गका बैंकको कमाए ६३ अर्ब, नबिल पहिलो स्थानमा
१९ मंसिर २०८२, बिहीबार
